नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज(मंगलबार) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
बसमा ५०-६० यात्रु स्वर रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको नेपालले बताए ।
