नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् ।
ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँमा प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
