दशैंको टीकासम्म कस्तो रहला मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आज अष्टमीदेखि दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ। जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।

असोज २७
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।



असोज २८
दिउँसो देशका प्रदेश नं १ , २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

असोज २९
दिउँसो देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार