नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असोज ।

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेल परेका छन् । उदयपुर, कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१२ मसानघाट नजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठि कोईलाडि गाउँपालिका-५ बनरझूल्ला बस्ने ५० वर्षीया रिता देवी साह शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै दाङ, घोराही उपमहानगरपालिका-३ स्थित गोग्ली सोता खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता बैतडी, दशरथचन्द नगरपालिका-१० स्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँ बस्ने ४६ वर्षीय राम प्रसाद तिवारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदी नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
