विराटनगर विमानस्थल डुबानमा, धावनमार्गमा पाँच फिटसम्म पानी, उडान प्रभावित

सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए।

जसका कारण विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।



उनका अनुसार विमानस्थलको धावनमार्गमा करिब पाँच फिटसम्म पानी जमेको छ। बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढी पसेको उनले बताए।

सम्बन्धित समाचार