जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सम्बन्धित समाचार