धनुषा र सर्लाहीका एसपी फेरिए

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्। धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो।

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी उमेश रञ्जितकारका अनुसार धनुषामा प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई खटाउने निर्णय भएको हो।



सम्बन्धित समाचार