नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।

पर्सा,वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी छोरी ५ वर्षीया अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ ।
अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको हो भने सिवानीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
