सर्वोच्च परिसरमा झडप, १२ वकिल घाइते

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत एशोसिएसनवकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपमा परी बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध कानुन व्यवसायीहरुले चर्को नाराबाजी गरेका छन् । त्यस्तै कानुन व्यवसायीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै उनलाई माफी माग्न आग्रह गरेका छन् ।



पूर्वघोषित कार्यक्रम अनुसार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । कानुन व्यवसायीहरु सर्वोच्च अदालततर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश बिचौलियाको नाइके भएको आरोप लगाएका छन् । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्दै जबराको राजीनामा माग गर्दै १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित समाचार