प्रधानन्यायाधीश जबराले तोके ९ इजलास, सबैखाले मुद्दाको पेशी तोकियो

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ वटा इजालस तोकेका छन् । आज (मंगलबार )का लागि प्रधानन्यायाधीशले एउटा पूर्ण इजलास, सातवटा संयुक्त र एउटा एकल इजलास सहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् ।

त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । यद्यपि नेपाल बार एशोसिएसनले शुक्रबारदेखि बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि ९ वटा इजलास गठन गरेका हुन् । यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् ।



प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार