नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (शुक्रबार)का लागि प्रधानन्यायाधीशले एउटा एकलसहित नौ संयुक्त इजलास सहित २२२ मुद्दाको पेशी तोकेका हुन् ।
त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् । यस्तै नेपाल बार एसोसिएसन कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् ।
बारले प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपाय गरेको आरोप लगाएको छ । बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने र राजीनामा नै बटमलाइन भएको बताउँदै आएको छ ।

