यी नेताहरु पुगे रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा

नेपालमा टेलिभिजन उद्घाटनका लागि काठमाडौँ आएका बाबा रामदेवको कार्यक्रममा नेपालका शीर्ष नेताहरु सहभागी भएका छन् । आज (शुक्रबार) रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गरेको छ ।

बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, गृहमन्त्री बालकृष्ण खाँणसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।



उक्त उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको भने सहभागिता छैन । त्यस्तै कार्यक्रममा पतञ्जली योगपीठ नेपालले हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको जनाएको छ । यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ ।

 

सम्बन्धित समाचार