प्रधानन्यायाधीशले बारलाई पठाए यस्तो पत्र, राजीनामाको लागि तयार !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताको आह्वान गर्दै बार एशोसिएशनलाई पत्र पठाएका छन् । पत्र बारलाई प्राप्त भएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारलाई राणाले समस्या समाधान गर्न तयार रहेको भन्दै वार्ताका लागि पत्र पठाएका हुन् । उनले वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको राणाले पत्रमा उल्लेख गरेका छन् । न्यायालयको सुदृढीकरणका लागि पनि आफू तयार रहेको बताएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा बटमलाइन भन्दै आएको बार राणाको पत्रपछि आन्तरिक छलफलमा छ । अहिले बार सल्लाहाकार समितिको बैठक बसिरहेको छ । प्रधानन्यायाधीश राजीनामाको लागि तयार भएको बारको बुझाइ छ ।



सम्बन्धित समाचार