रोटरी क्लबद्वारा विद्यालयलाई सहयोग

दया फाउण्डेशनद्वारा सहयोग प्रदान गर्दै आइरहेको काठमाडौं लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालय २०७२ सालको महाभूकम्पले भौतिक संरचनाहरूमा क्षति पुर्याएको कारणले विद्यार्थीहरूलाई पठनपाठनमा कठिनाइ भइरहेको सन्दर्भमा, ‘रोटरी भूकम्प राहत कार्यक्रम’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरूको निर्माण सम्पन्न गरेको छ । साथै, क्लबले विद्यालयलाई डेस्क, बेञ्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरू आदि समेत उपलब्ध गराएको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिका रूपमा दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान थिइन् भने विशिष्ट अतिथिका रूपमा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाडौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल रहेका थिए ।



दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले विद्यालयको गुणस्तरीय शिक्षाको लागि फाउन्डेसनले पुर्याइरहेको सहयोगमा होस्टेमा हैंसे गरी रोटरी क्लबले विद्यालयलाई प्रदान गरेकोे सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार