नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान नारायणकाजी श्रेष्ठको निवासमा श्रेष्ठ र विप्लवबीच भेटवार्ता भएको हो ।

स्रोतको अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र दुवै पार्टीबीच सहकार्यबारे छलफल भएको जनाएको छ । नेकपा माओवादी केन्द्र र विपल्व नेतृत्वको नेकपाबीच सहकार्य हुने विषय चलिरहँदा दुई नेताबीचको भेटवार्ता भएको हो । दुई पार्टीबीच एकताको प्रयास भैरहेको छ जसको पहल माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् ।



यसअघि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विप्लवबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो । त्यस्तै प्रचण्डले एक कार्यक्रममा विप्लवसँग एकताको प्रयास भैरहेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार