
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिन नदिने उद्देश्यले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित भएको छ । शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले एक विज्ञप्ति जारी विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई ७ दिन होटल क्वारेन्टिन अनिवार्य गरेको थियो ।
तर, सरकारले ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरेको बताएको छ । अध्यागमन विभागले अर्को सूचना प्रकाशित नभएसम्म उक्त नियम स्थगित गरिएको एक सूचना मार्फत जनाएको छ । आज (शनिबार) विभागले एक सूचना जारी गर्दै यो सेवा तत्कालको लागि स्थगित गरेको जनाएको हो।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । त्यस्तै विभागले यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने यथावत रहने जनाएको छ ।
सूचना :
यो पनि पढ्नुस :
