कांग्रेस केन्द्रीय सदस्यहरुको दोस्रो दिनको मतगणना सुरु, कसको छ अग्रता ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनको दोस्रो दिनको केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान पौने ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएसँगै केन्द्रीय सदस्यको मतगणना सुरु भएको हो । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो ।



आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१ मत सहित अग्रता लिएका छन् । त्यस्तै, एनपी साउदे १५५८ उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले १३८३, बालकृष्ण खाणले १५०७, रमेश लेखकले १४५१, र रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन् ।

यो पनि हेर्नुस :

काँग्रेसको खुला केन्द्रीय सदस्य मतगणना : कसले कति मत ल्याए ? (सूचीसहित)

सम्बन्धित समाचार