नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फको परीक्षाको नतिजा प्रकाशित गरेको छ । हिजो (बिहीबार) असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो ।
बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७९.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट https://neb.gov.np लगइन गरेर हेर्न सकिन्छ भने , नेपाल टेलिकमको वेवसाइट https://neb.ntc.net.np र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।