नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाईटेड युनाईटेडलाई २-२ गोलको बराबरीमा रोकेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाँड्न बाध्य भयो । खेलको छैटौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा व्यक्तिगत दोस्रो गोल कर्ने क्रममा फर्नान्डेजले खेलको ६७ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर,७७ औं मिनेटमा एस्टनका ज्याकोब रामसेले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल २-२ को बराबरीमा सकिएको हो । बराबरीसँगै युनाईटेडले २० खेलमा ३२ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा २३ अंक जोडेको एस्टन भिल्ला १३ औं स्थानमा रहेको छ ।