नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक।

राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गर्नुभएको छ ।
उहाँले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो ।
तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ । (रासस)
