
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री आले कोरोना संक्रमित भएपछि उनको सम्पर्कमा आएकालाई सर्तकता अपनाउन उनको सचिवालयले आग्रह गरेको छ । त्यस्तै उनका स्वकीय सचिव हेमन्त रेग्मी पनि संक्रमित भएका छन् । पछिल्लो समय कोरोना बढिरहेको छ । विभिन्न नेताहरुलाई पनि कोरोना लागेसँगै उनीहरु अहिले आइसोलेसनमा बसिरहेका छन् ।
आलेलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीसँग सम्पर्कमा आएका सयौं कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । पशुपति धर्मशालाका कर्मचारी, नारायाणहिटी संग्राहालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । आले हिजो आइतबार पशुपति धर्मशालाको निरीक्षण गर्न र नारायाणहिटी संग्राहालयको बंकरभित्र पनि पसेका थिए ।
