ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५७४७ जना र तीन हजार ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५४७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १६ हजार ९८५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ । जसमा २९ हजार ७०५जना होम आइसोलेसनमा छन् भने १ हजार १७२जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १३९ संक्रमित आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट १ लाख २ हजार ४५५ जना पुगेको छ ।

सम्बन्धित समाचार