
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर, अहिले स्थानीय सरकारसँग कुनै संवाद नभएको उनको आरोप छ।
यस्तै, उनले काठमाडौं महानगरपालिकामा फेरि आइसोलेसन र क्वारेन्टिन संचालन गर्ने बताए। कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रयोग भएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको शाक्यले बताए।
आवश्यक पर्यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु संचालन गर्न सक्ने अवस्थामा रहेको उनले बताए ।
