कोरोना महामारी अन्त्य हुने कुनै संकेत छैनः डब्ल्यूएचओ

कोभिड–१९ को महामारी अहिले केही समयमा नै अन्त्य हुने कुनै संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन्।

पछिल्लो समय युरोपेली मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च बनेसँगै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो। मंगलबार फ्रान्समा एकैदिन ५ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

डब्ल्यूएचओ प्रमुखले पछिल्लो एक सातामा विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै एक करोड ८० लाखभन्दा धेरै नयाँ संक्रमित थपिएको बताए। उनले यसलाई कम घातक भन्ने बुझाइ गलत रहेको पनि उल्लेख गरेका छन्। उनले विश्वभरका नेताहरुलाई कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन्।

उनले कोरोना खोप निकै कम मानिसलाई मात्र दिइएको मुलुकमा खोप अभियान बढाउनु जरुरी रहेको बताएका छन्। कोरोना खोप नलगाएका मानिसलाई स्वास्थ्य जडिलता देखिने सम्भावना धेरै रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार