मधेश प्रदेश बनेकोमा विरोध प्रदर्शन, प्रचण्डले भने दिए बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को नाम आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार ‘मधेश’ राखिएको भन्दै बधाई दिएका छन्। बुधबार सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार प्रदेशको नाम मधेश राखिएको भन्दै प्रदेशसभा सदस्य तथा प्रदेशवासीलाई बधाई दिएका हुन्।

उनले लेखेका छन्‚ ‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं। २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेश मुकामरराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

प्रदेश २ प्रदेशसभा बैठकले सोमबार प्रदेशको नाम मधेश र प्रदेश राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको थियो। प्रेदशको नाममा सहमति नभएपछि भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो।

यता प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

सम्बन्धित समाचार