जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा अर्को आदेश जारी (सूचनासहित)

२७ बुँदे आदेश जारी

जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिडको संक्रमण बढेको भन्दै एक अर्को आदेश जारी गरेको छ । हिजो (मंगलबार)जारी गरेको नयाँ आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको आदेशमा बुधबार बिहानदेखि लागू हुनेगरी मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत आदेश जारी गरिएको छ ।



त्यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ भन्दा बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, प्रशासनले आदेश दिएको छ । यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।

सूचना हेर्न यो लिंक खोल्नुहोला :

मिति_२०७८.१०.०४_गते_जिल्ला_प्रशासन_कार्यालय_भक्तपुरबाट_जारी_आदेश(1)

 

 

सम्बन्धित समाचार