प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । आज (बुधबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लब एपीएफसँग २१ रनले पराजित हुन पुग्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा समेटियो । एपीएफका लागि अमर रौटेलाले २९ रन बनाए भने लोकेश बमले २७ रन जोडे । त्यस्तै सन्दीप जोराले २४ रन बनाई आउट भए भने कप्तान शरद भेषवाकरले १९ रन जोडे । पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ३-३ विकेट लिए भने गुलशन झाको भागमा २ विकेट रह्यो । यस्तै आरिफ शेख र योगेन्द्र सिंह कार्कीको नाममा समान १-१ विकेट रह्यो ।



प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

 

१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको पुलिसले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले खेलेपनि टोलीलाई उपाधि दिलाउन सकेनन् । त्यस्तै दिलिप नाथले २३ रन बनाई आउट भए भने आरिफ शेखले १२ रन जोडे । एपीएफका लागि किशोर महतोले ३ विकेट लिए भने अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाको भागमा समान १-१ विकेट रह्यो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ भने  उप-विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।

सम्बन्धित समाचार