
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) उनले आफूलाई कोरोना पुष्टि भएको बताएका हुन् ।
शर्माले आफूसहित स-परिवार कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका हुन् । त्यस्तै उनले ८ महिनापछि फेरि स-परिवार कोरोना संक्रमित भएको बताए । शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । शर्माले कोरोनालाई जितेर एक सातामा काममा फर्किने बिश्वास व्यक्त गरे ।
