नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २३ हजार ४०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जना र पाँच हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६१३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १८ हजार १६० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ रहेको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।