
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल भएको बताइएको छ। त्यस्तै दुईबीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दीको विषयमा पनि छलफल भएको छ। कोसलाई एआइजीमा ल्याउने विषयमा छलफल भएको बताइन्छ ।
प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ। निर्वाचन आयोगले पनि कानुनअनुसार बैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन गराउन सरकालाई ताकेता गर्दै आएको छ। प्रचण्ड भने संसदीय निर्वाचन गरेर स्थानीय निर्वाचन गर्नुपर्ने अडानमा छन् ।
