टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फेब्रुअरीमा ओमान हुने प्रतियोगिताको लागि आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिएको हो ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् । त्यस्तै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यसपटक राष्ट्रिय टोलीमा बलर सोमपाल कामी र विनोद भण्डारी अटाउन सकेनन् ।



आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् ।

त्यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टिम –

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

आरिफ शेख

कुशल मल्ल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

अविनाश बोहरा

प्रदिप ऐरी

जितेन्द्र कुमार मुखिया

विवेक यादव

लोकेश बम

 

सम्बन्धित समाचार