रेणुलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

एमाले नेता भट्टराईले लेखेका छन्, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो । अर्को बाटो छैन ।’

सम्बन्धित समाचार