
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आज (शुक्रबार) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री चयन भएको ६ महिना पूरा भएको आवसरमा उनले सम्बोधन गर्न लागेका हुन् । देउवाको सम्बोधनलाई नेपाल टेलिभिजनले लाइभ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।
सर्वोच्च अदालतको परमादेशमा गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए ।
