
प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिक्रिया जनाएका छन्। उनको ११ बुँदे प्रतिक्रियामा प्रधानमन्त्रीको सम्बोधन अप्राकृतिक सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताइएको छ।
मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्बोधनले पूर्णतः उपेक्षा गर्ने कोसिस गरेको र गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको उनले बताएका छन्।
विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलब्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको उनको आरोप छ ।
