गौर नरसंहार दोहोर्‍याउने धम्की दिने मन्त्रीको बचाउमा जसपाले निकाल्यो यस्तो वक्तव्य

आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि जनता समाजवादी पार्टी, नेपालले विज्ञप्ति जारी गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै धारणा उल्लेख गरिएको छैन।

जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति भर्त्सना गरिएको छ। ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’



जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न समेत विज्ञप्तिमा सचेत गराइएको छ।

सम्बन्धित समाचार