
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका छन् । यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे बैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने बताएका हुन् ।
उनले निर्वाचन आयोगलाई मिति घोषणा गर्ने अधिकार नभएको भन्दै प्रस्ताव गर्ने अधिकारक आयोगले प्रयोग गरिसकेको बताए ।
सरकारले ऐन नै संशोधनको तयारी गर्यो नि रु भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आयोगले संविधान र कानुनअनुसार काम गर्ने भन्दै ऐन संशोधन गरे आयोगले संशोधित ऐन अनुसार नै काम गर्नुपर्ने बताए ।
