सत्ता गठबन्धनलाई निर्वाचनसम्म कायम राख्न नहुने कोइराला समूहको निष्कर्ष

कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेको छ । नेताहरूले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी थिए । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेका थिए ।



छलफलमा नेता कोइरालाले राष्ट्रिय निर्वाचनहरू सम्मुखमा भए पनि त्यसबारे पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताएका थिए । उनले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार