राष्ट्रियसभा निर्वाचनको मतदान जारी, आजै नतिजा आउने

राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान जारी छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ ।

कोरोना संक्रमण भएका मतदाताको लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाईएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सदस्य पदमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एकबाहेक १९ पदमा निर्वाचन भईरहेको हो ।

सम्बन्धित समाचार