लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल तत्काल प्रकाशित गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज परमादेश जारी गरेको हो ।

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।



यस्तै सर्वोच्च अदालतले समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसला गरेको छ ।

सम्बन्धित समाचार