नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि आज भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अन्तिम मतपरिणाम अनुसार सत्तापक्षीय गठबन्धनबाट १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका छन्।
सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५९५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक उम्मेदवार विजयी भएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश १ मा एक जना उम्मेदवार विजयी भएका छन्।
यससँगै राष्ट्रिय सभामा एमाले १७ सिटमा सिमित भएको छ । माओवादी केन्द्रले १५ सिट पुर्याएको छ भने कांग्रेसले १० सिट पुर्याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्याएका छन् ।
