जसपा र लोसपा एमसीसी पास गराउन सहमत

तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन् । जसपा सरकारमा छ भने लोसपा बाहिर छ। प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन् । जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् । चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन् ।

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसीसी पास गराउन लबिङ गरिरहेका छन् । जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ।



सरकारमा जसपाका चार मन्त्री छन् । जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन् । उनीहरू सबै एमसिसीको पक्षमा रहेका छन् । यसैगरी, जसपाबाट अलग भएर बनेको लोसपा पनि एमसीसी को पक्षमा उभिएको छ । बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका थिए । भेटमा एमसीसी, लोसपाका माग, सांसद रेशम चौधरीको रिहाइलगायत विषयमा छलफल भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार