फागुनदेखि विद्यालय खोल्ने तयारी

सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)लाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् । सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्नेरनगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।

‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट विद्यालय खोल्नुपर्छ भन्ने सुझाव आएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने । डीसीसीएमसीको समन्वयमा स्थानीयले विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय गर्न अधिकार दिनुपर्ने कुरा भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले बताए ।



आजको छलफलमा अब सिंहदरबारले नै सबै जिल्लाको विद्यालय खोल्ने, बन्द गर्ने निर्णय गर्न नहुने सरोकारवालाले जोड दिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार