अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

सेनेगलले अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगलले उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो जसमा सेनेगलले बाजी मार्यो । पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गर्दा बोउना सारले भने गोल गर्न सकेनन्। यता इजिप्टको लागि अहमेद सायद र मार्वान हाम्दीले गोल गर्दा गोल गर्नबाट मोहनद लासहेन र मोहमद अब्देलमोनेम चुके ।



सेनेगल

यसअघि दुबै टोलीले गोल गर्ने केही सुन्दर अवसर खेर फाल्दा खेल पेनाल्टीमा गएको थियो । खेलको सातौं मिनेटमा सेनेगलका साडियो माने पेनाल्टीमा गोल गर्न नसक्दा उसले अग्रता लिने मौका गुमाएको थियो । इजिप्टका गोलकिपर मोहमद अबुगाबलले उनको प्रहार बचाएका थिए ।जितसँगै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

सेनेगल

सेनेगल

इजिप्ट

सम्बन्धित समाचार