विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी सन्दीप लामिछानेको कप्तानीमा क्यानले टी–ट्वान्टी विश्वकप ग्लोबलछनोटका लागि टोली घोषणा गरेको हो । आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् ।



नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरेट क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने
शरद भेषावकर
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
कुशल भुर्तेल
आरिफ शेख
आसिफ शेख
अविनाश बोहरा
जितेन्द्र कुमार मुखिया
कमल सिह ऐरी
विवेक कुमार यादव
लोकेश बहादुर बम
सागर ढकाल
गुल्सन झा

रिजर्भ खेलाडी :
कुशल मल्ल
सहाव आलम
प्रदिप ऐरी

 

सम्बन्धित समाचार