एमसीसी आजै टेबल हुन्छ : प्रवक्ता कार्की

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । आज (आइतबार) बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएसँगै संसदमा एमसीसी आजै टेबल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसँग कार्कीले भने, ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरू सहभागी छन् ।प्रधानमन्त्री देउवाले गठबन्धन बैठकअघि आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।



यसअघि एमसीसी संसदमा टेबल गर्ने विषयमा सत्तारूढ गठबन्धन भित्रै नै मतभेद देखिएको थियो । एमसीसी संसदमा टेबल गर्ने सहमति भएपछि एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुगेका छन् । संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

यो पनि पढ्नुस :

सत्तारूढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सम्बन्धित समाचार