टी-२० वरीयतामा नेपाल कुन स्थानमा छ ?

टी-२० वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १३ औं स्थानमा रहेको थियो ।

नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ, जिम्बावे ११औँ, बंगलादेश १०औँ स्थानमा रहेका छन् । त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा पाकिस्तान रहेको छ भने न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् । एसोसिएट राष्ट्रमा मा यूएई सबैभन्दा अघि छ । यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ ।



यस्तै एकदिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमै यथावत रहेको छ । यसअघि पनि नेपाल १६ औं स्थानमै रहेको थियो । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो । विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि बिहीबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित समाचार