नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा प्रिमियर लिग क्लब एभर्टनले बोरेहम उडलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
एभर्टनको लागि दुबै गोल सालोमोन रोनडोनले गरे । एकतर्फी बनेको खेलको पहिलो पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तारो दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै एभर्टनले २ गोल गर्यो । खेलको ५७ औं मिनेटमा रोनडोनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
त्यसैगरी व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८४ औं मिनेटमा रोनडोनले गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए ।
त्यसपछि थप समयमा दुबै टोलीबाट गोल हुन सकेन र खेल एभर्टनले २-० ले आफ्नो पक्षमा पर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो । अब एभर्टनले क्वाटरफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।