सङ्खुवासभा दुर्घटना : मृतकमध्ये १० जनाको सनाखत (अपडेट)

सङ्खुवासभामा आज(बिहीबार) बिहान भएको बस दुर्घटना परी मृत्यु हुने १४ जनामध्ये १० जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, सङ्खुवासभा मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, सङ्खुवासभा मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, सङ्खुवासभामादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेका छन् । अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।



सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ५ जनाको जिवितै उद्दार गरिएको थियो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस:

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते

 

 

 

सम्बन्धित समाचार