किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो । पूर्वतयारी भएको होइन । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बताएका छन् ।

लामो समयदेखि नेपाल बसेर नेपाल-चीन सम्पर्क सूत्रका रूपका काम गर्दै आएका एक चिनियाँ अधिकारीका अनुसार भूराजनीतिलाई सन्तुलन राख्न यीको भ्रमण हुन लागेको हो । चिनियाँ अधिकारीहरू स्वयं यीको भ्रमण अप्रत्याशित भएको बताउँछन् । ती अधिकारीका अनुसार यो भ्रमणको मुख्य एजेन्डा नै भूराजनीति र त्यसले उत्पन्न गराउन सक्ने सम्भावित सुरक्षा चुनौती हो ।



बीआरआईसमेत अहिलेका लागि सहायक विषय बनेको छ । एमसीसी अनुमोदन भएपछिको भूराजनीति अवस्थाले निम्त्याउन सक्ने सुरक्षालगायत चुनौतीहरू नै चीनका लागि महत्त्वपूर्ण विषय बनेका छन्’, उनले भने । चीन सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ढुक्क छैन । काँग्रेस सभापति देउवा नेतृत्वको यो सरकार चीनविरोधी र अमेरिका-भारत पक्षधर रहेको चिनियाँहरूको बुझाइ छ । काँग्रेसले चीनलाई सहयोग नगर्ने उनीहरूको बुझाइ हो । विदेशमन्त्री यी बीआरआईअन्तर्गतका परियोजनाप्रति काँग्रेसको दृष्टिकोणबारे स्पष्ट भएर फर्कन चाहन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

 

सम्बन्धित समाचार