नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला (बन्दी) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) अपरान्ह ३ बजे राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता रहेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् ।
यसैगरी यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्त गरिएको छ । बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको वाणिज्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
यो पनि पढ्नुस